पहिले बटौलीमा गाडी गुड्थे, अहिले घर अगाडि गुड्छन्

बाग्लुङ | माघ ९, २०७९

पहिले बटौलीमा गाडी गुड्थे, अहिले घर अगाडि गुड्छन्

ढोरपाटनः     बागलुङका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको धेरै समय भएको छैन । अझै केही ठाउँमा सडक पुगेका छैनन् । सडक पुगेका गाउँका स्थानीय अहिले घर अगाडि नै गाडी कुद्दा दङ्ग छन् । सडक विस्तार भएपछि अहिले उनीहरुको जीवनस्तर बदलिएको छ ।


सदरमुकामसँग सिमाना जोडिएका गाउँमा एक दशक अगाडिनै मोटरबाटो पुगेपनि दूर्गम गाउँमा भने स्थानीय सरकार आएपछि मात्रै सडक सञ्जाल र यातायातको सुविधा विस्तार भएको हो । 


जिल्लाको तमान खोला गाउँपालिका–४ का हर्कबहादुर छन्त्याल अहिले ७९ वर्षीय पुग्नुभयो । अहिले उहाँको घरै अगाडि दैनिक गाडी गुड्छन् । आफ्नै आँखा अगाडि आएको परिवर्तन छन्त्याललाई कथा जस्तै लाग्छ । उहाँले आफ्नो जीवनमा भोगेका कैयन वास्तविकता सुनाउँदा साँच्चिनै मुलुकमा धेरै परिवर्तन भएको बताउनुहुन्छ । २०१८ सालदेखि बुटवलबाट खाद्यान्न तथा नून बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घर नजिक सामान पाउँदा दङ्ग हुनुहुन्छ । 

छन्त्यालले उति बेला स्वास्थ्य उपचार समयमै नपाउँदा धेरैले ज्यान गुमाउनुपरेको भन्दै अहिले गाउँ–गाउँमा स्वास्थ्य उपचार हुने हुँदा खुसी व्यक्त गर्नुभयो । अनेकौँ उतारचढाव पार गर्दै अहिलेसम्म आउँदा आफूले सोँच्दै नसोचेको विकास भएको उहाँको भनाइ छ । 


“गाउँमा यति ठूलो परिवर्तन आयो, गाउँलेहरुले यसरी हाम्रो दिन फेरिएला भन्ने सोचेका थिएनौँ, २०१८ सालमा बटौलीमा नुन लिन गएका बेला मोटर सररर चलेको देख्दा रमिता झै लागेको थियो, बिजुली बलेको देख्दा अचम्म लाग्थ्यो, अहिले त घरै अगाडी मोटर गुड्छ, बिजुलीले घरै झलमल छ, हाम्रा छोरानातिले हामीले जस्तो दुःख भोग्न परेन” छन्त्यालले भन्नुभयो ।


उहाँ भन्नुहुन्छ–“हाम्रो गाउँमा गाडी आउन पाँच सय वर्ष लाग्छ होला भन्ने अनुमान गरेका थियौँ, तर अहिले गाडी, बिजुलीलगायतको सुविधा उपभोग गर्न पाउदा स्वर्गमा आएजस्तै लागेको छ, पहिला हामीलाई धेरै दुःख थियो अहिलेकाले त्यो कुरा बुझ्दैनन् ।”


स्थानीयवासी फूलकुमारी पुनले बुटवलबाट नून लिएर घर आउँदा आधा महिना बित्ने गरेको भन्दै अहिले एकै दिनमा आउनजान सकिने बताउनुहुन्छ । उहाँले नून ल्याउन जाँदा खर्च बोकेर जाने गरेको सुनाउँदै बाटोमै कयौँ रातविताउनु परेको नमिठो अनुभवसमेत सुनाउनुभयो । मोटरबाटोले विकासका अन्य ढोका खोल्ने भन्दै अहिले गाउँका धेरै समस्या समाधान भएको बताउँनुहुन्छ ।


“अहिलेको जस्तो जामाना थिएन पहिले, गाउँका धेरैजना एकजुट भएर बटौली नून ल्याउन जान्थ्यौँ, बाटोमै खानु पर्ने, सुत्नु पर्ने हुन्थ्योँ तर रमाइलो र  कष्ट पनि हुन्थ्यो,” पुनले भन्नुभयो । “धेरै जना भएर जाँदा बाटोमा गीत गाउदै रमाइलो गरिन्थ्यो, कति साथीले त त्यही समयमा बिहेसमेत गरेका थिए” उहाँले स्मरण गर्नुभयो ।


उहाँले आफु ४० वर्षको उमेरमा गाडी चड्दाको अनुभव सुनाउँदै अव कसैले पहिलेको जस्तो दुःख भोग्न नपर्ने बताउनुहुन्छ । अहिले त नजिकै पालिकामा जाँदा पनि गाडी चडेर जाने गरेको उहाँले बताउनुभयो । उहाँले गाउँमा मोटरबाटो आएपछि गाउँले बिरामी हुँदा निकै सहज भएको र समयमा नै अस्पताल पु¥याउन सकिएको बताउनुभयो ।


उहाँले भन्नुभयो–“पहिले गाउँमा गारेटो बाटो मात्रै थिए, अहिले माथिमाथिलेसकेसम्मै मोटरबाटो पुगेको छ, हाम्रा पालाका मान्छे धेरैजसो ३०÷४० कटेपछि मात्रै गाडी देखेका थिए, त्यसबेला नौडाँडाबाट गाडीमा चडेको थियौँ, त्यसभन्दा अगाडि बाटौलीमा नून लिन जाँदा गाडी त देखेको थिएँ तर चढेको थिएन, पहिलो पटक गाडीमा चड्दा निकै मन फुरुङभएको थियो, खुसीले संसारै जितेको जस्तो लागेको थियो, घर फर्किँदा उही गोरेटोमा यात्रा गर्नुपथ्र्यो ।”


उहाँले उति बेला गाउँमा उपचारको लागि नजिकै स्वास्थ्य संस्था नभएको, पानीका लागि टाढा जानुपर्ने समस्याको अहिले समाधान भएको, विकासका पूर्वाधारको विस्तार भएर जीवनस्तर सहज भएको बताउनुभयो ।


“हाम्रो पालामात स्वास्थ्य संस्था थिएनन्, कोही बिरामी भए काठमाडौँ, पोखरा लैजानुपथ्र्यो, समयमा उपचार नपाउँदा कतिले ज्यान गुमाउनु पथ्र्यो,” उहाँले विगतलाई सम्झँदै भन्नुभयो– “अहिले त गाउँमै उपचार हुन्छ, यहाँ हुननसके ठूला अस्पतालमा छिट्टै पु¥याउन सकिन्छ, अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।”


तमान खोला अझै पनि जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिन्छ । स्थानीय सरकार सठन भएपछि विस्तारै सुगम बन्दै गएको छ । भौगोलिक विकटता र सदरमुकाम भन्दा टाढा हुँदा त्यस क्षेत्रका जनताले वर्षौँदेखि सास्ती खेप्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जनप्रतिनिधि भएर आएको पहिलो कार्यकाल जनताको मुख्य आश्यकतालाई परिपूर्ति गर्ने गरी काम गरेको बताउनुभयो । 


सडकनै विकासको मुख्यआधार भएको भन्नुहुदै अध्यक्ष बुढा भन्नुहुन्छ– “तमानखोला भौगोलिक हिसाबले पछाडि छ, विकासका पूर्वाधारले समेत नजोडिदा यहाँका नागरिकको अवस्था निकै कष्टकर थियो, तर अहिले धेरै परिवर्तन आएको छ, स्थानीयस्तरमा नै प्रशासनिक तथा अन्य काम हुने गरेको छ ।” 


गाउँमा सडक र यातायातको विस्तार भएपछि घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने समस्याको अन्त्य भएको छ । पलिका हप्तादिनसम्म लाग्ने काम अहिले एकैदिनमा गर्न सकिने भएपछि स्थानीय हर्षित भएका छन् ।

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...

थप पढ्नुहोस्

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

थप पढ्नुहोस्

काठमाडौं:  बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य ...

थप पढ्नुहोस्